-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा नेपाली भाषी समुदायको सबै भन्दा पुरानो सामाजिक संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नयाँ कार्यसमिति चयन गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।
संस्थाका अध्यक्ष अर्जुन बगालेको अध्यक्षता रहेको कार्यसमितीको बैठकले सर्बसम्मत तरिकाबाट तन सदस्यहरुको नाम पारित गरेको हो ।
संस्थाका पूर्व अध्यक्ष तथा समाजसेवी नबिन दत्तको संयोजकत्वमा गठित समितिका अन्य सदस्यहरुमा एनआरएनए एनसीसीका पूर्व केन्द्रीय सदस्य तथा समाजसेवी राज ढुंगाना र दीपा भट्टराई रहेका छन् ।
वर्तमान कार्यसमितिको कार्यकाल आगामी अप्रिल १५ (नेपाली नयाँबर्ष) का दिन सकिन लागेको छ । त्यसैले आगामी मार्च मसान्त भित्रमा निर्वाचन गरिसक्ने लक्ष्य राखेर यो निर्वाचन समिति गठन गरिएको हो ।
समितिलाइ मार्च महिनाभित्र निर्वाचन प्रक्रिया सम्पन्न गरी नयाँ कार्यसमितिका पदाधिकारी र बोर्ड सदस्यहरुको नाम घोषणा गरिसक्न अधिकार प्रदान गरिएको रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बताएका छन् ।
रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालमा हाल १५० जना आजीवन र ४० जना साधारण सदस्यहरु रहेका छन् । यस संस्थाको सदस्य बन्न संधै सबैलाई ढोका खुल्ला रहेको अध्यक्ष बगालेले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्