नेपाल । सर्लाहीको बरहथवा गत शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भउका जयशंकर साहको परिवारलाई सरकारले १० लाख दिने भएको छ ।
बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवा साहको मृत्यु भएपछि शुक्रबारबाट शनिबार बिहानसम्म कर्फ्यू लगाइएको थियो ।
यसैबीच उक्त घटनाको छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । उक्त घटनाको सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन भएको हो ।
समितिको सदस्यमा नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्