–रमेशचन्द्र घिमिरे–
सुन बाबु सुन
सुन नानी सुन
तिरिरिरी बज्यो
मुरलीको धुन
सुरिलो र छोटो
बाँसको यो लौरी
भाका सुनी यसको
छक्क परिन् गौरी
सुनेपछि यसलाई
छोड्यो बाबु रुन
कति मिठो लौ न
मुरलीको धुन
मीठो स्वरमा आहा
कला उस्तै राम्रो
लयालु हुन् मान्छे
गला उस्तै राम्रो
रहर लाग्यो मलाई
हातमा समाउन
सुनाउँछु म नि
मुरलीको धुन ।
–भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्