नेपाल । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने चितवनबाट ५४ लाख धरौटीमा रिहा भएका छन् ।
बिहीबारको थुनछेक बहसपछि धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको थियो ।
चितवनको साहारा सहकारीको रकम ठगी मुद्दाको थुनछेक बहसछि न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
यसअघि कास्कीको सूर्यदर्शन सहकारीमा ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा रवि रिहा भएका थिए ।
प्रतिक्रिया दिनुहोस्