२३ माघ २०८१, बुधबार

रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर

कोलोराडोखबर संवाददाता , February 5th, 2025

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध मंगलबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको छ ।

सहकारी रकम हिनामिनासँग जोडेर उनीमाथि गरिएको यो चौंथो अभियोजन हो । यसअघि कास्की, काठमाडौं र रुपन्देहीका अदालतमा मुद्दा विचाराधीन छन् ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको हिनामिना प्रकरणमा रविलाई आरोपित गरिएको छ । यो सहकारीको विषयमा गत असोजमा नै १७ जनालाई प्रतिवादी बनाएर ठगी मुद्दा दर्ता भइसकेको थियो । अहिले रविसहित १५ जनामाथि पुरक अभियोजन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्