२३ माघ २०८१, बुधबार

विदेशबाटै श्रम स्वीकृति दिने चलन पहिलोपटक ओमानबाट सुरु

कोलोराडोखबर संवाददाता , February 5th, 2025

नेपाल । विदेशबाटै श्रम स्वीकृति दिने चलन पहिलोपटक ओमानबाट सुरु भएको छ ।

नेपाली राजदूतावास, मस्कटको पहलमा विदेशमा पहिलो पटक ओमानको सलालामा वैधानिकीकरण श्रम स्वीकृति ३१ जनवरी २०२५ बाट सुरु भएको हो ।

राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सुर्यबहादुर खत्रीले संयुक्त रुपमा नेपाली श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्न सुरु गरेका थिए भने वैदेशिक रोजगार विभागका कम्प्यूटर ईन्जिनियर नरेशप्रसाद दासले सबै प्राविधिक व्यवस्था गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्