नेपाल । स्थापना दिवसको अवसरमा धरान उपमहानगरपालिकाले आयोजना गरेको धरान उत्सव कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ सहभागी भएका छन् ।
शुक्रबार उक्त कार्यक्रम कार्यक्रम भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाहले, स्थानीय सरकार आफैँले आफ्नै स्रोतबाट पनि काम गर्न सक्छन्, भन्ने कुराको प्रमाण धरानले दिएको बताए ।
श्रम संस्कृतिको विकास, प्राकृतिक सम्पदाको संरक्षणमा धरानले अगाडि सारेको कार्यक्रम अरुका लागि सिकाइ भएको उनको भनाइ थियो ।
उक्त अवसरमा काठमाडौं मेयर बालेन र धरानका मेयर हर्क साम्पाङले मायाको चिनो आदानप्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्