नेपाल । आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम् रौतहट क्षेत्र नम्बर ३ का संघीय सांसद प्रभु साहविरुद्ध आइतबार जिल्ला अदालत गौरले अवहेलनाको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।
जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले सांसद साह लगायतका विपक्षीका नाममा कारण देखाउ आदेश गरेको हो ।
सांसद साहले केही समयअघि फेसबुकमा न्यायाधीशलाई नेताका झोले कार्यकर्ता भनेर स्टाटस पोष्ट गरेपछि अदालतप्रति अपमान भएको भन्दै बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवले गत शुक्रबार जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दाको आइतबार सुनवाइ भएको हो ।
प्रतिक्रिया दिनुहोस्