२० माघ २०८१, आईतवार

भारतको महाकुम्भ मेलाबाट फर्कदै गर्दा दुर्घटनामा ५ नेपालीको मृत्यु

कोलोराडोखबर संवाददाता , February 2nd, 2025

नेपाल । शनिबार भारतको महाकुम्भ मेलाबाट जनकपुर फर्किरहेको स्कारपियो दुर्घटनामा परेको छ । महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मृत्यु र घाइते भएकाहरु सबै जनकपुरधामकै रहेको बताइएको छ । शनिबार भारतको मुजफ्फरमा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेहरुमा मन्तारण देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दुदेवी र गाडी चालक रहेको बताइएको छ । सृष्टि ठाकुर, कामिनी झा र मनोहर ठाकुर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्