नेपाल । चलचित्र ‘एक्टर’ का निर्माताले ‘एक्टरः टेक वान’ विरुद्ध हालेको कपिराइटको मुद्दा फिर्ता लिएसँगै ‘एक्टर टेक वान’ को प्रदर्शनमा शुरु भएको छ ।
मुद्दा फिर्ता भएको पत्र जिल्ला अदालत काठमाडौंले हल व्यवसायीको संगठन नेपाल चलचित्र संघलाई पठाएको र रोकिएको चलचित्र प्रदर्शनमा आएको हो ।
जिल्ला अदालतको आदेशलाई टेकेर हल व्यवसायीले एक्टर प्रदर्शन गर्न मानेका थिएनन् । उक्त चलचित्र प्रदर्शनमा आएसँगै दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
‘एक्टरः टेक वन’ मा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझीलगायत कलाकारको अभिनय छ । रायमाझीको यो डेक्यु चलचित्र हो ।
प्रतिक्रिया दिनुहोस्