२० माघ २०८१, आईतवार

कोलोराडोखबर डटकमको एकवर्षे यात्राः उपलब्धी र आगामी गन्तव्य

कोलोराडोखबर संवाददाता , February 1st, 2025

कोलोराडो । अमेरिकाको कोलोराडोबाट सञ्चालित यस कोलोराडोखबर डटकमले आफ्नो यात्राको एक खुड्किलो पार गरेको छ । अर्थात हाम्रो यात्रा एक वर्ष पूरा भई दोस्रो वर्षमा प्रवेश गरेको औपचारिक रुपमा उद्घोष गर्न पाउँदा हामी गौरवान्बित भएका छौं ।

अमेरिकाको कोलोराडो सेक्रेटरी अफ स्टेटमा दर्ता भई कोलोराडो खबर कम्पनीले १० नोभेम्बर २०२३ बाटै कोलोराडोखबर डटकम सञ्चालन गरेको यहाँहरुलाई अवगत नै छ । यधपी हामी फेब्रुअरी २ तारिक आइतबारका दिन पहिलो वार्षिकोत्सव मनाएर यहाँहरु समक्ष खुशी साट्न लागिरहेको यो क्षण हाम्रो सम्पूर्ण टीम खुशीले गद्गद् भएका छौं ।

हाम्रो त्यतिधेरै ठूलो लक्ष्य र उद्देश्य त छैन । तर पनि संयुक्त राज्य अमेरिकासहित विभिन्न देशमा बसोवास गर्दै आउनु भएका नेपाली भाषीहरुलाई नेपालसँग जोडी राख्न, नेपाली भाषा, साहित्य, संस्कृति रीतिरिवाललाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लैजाने र सत्यतथ्य समाचार तथा उपयोगी विचारलाई विभिन्न माध्यममा पस्कन यो अनलाइन पोर्टन सञ्चालन गरेका हौं ।

समाजसेवाको भावले आगामी दिनमा पनि गैरआवसीन नेपालीहरुको हकहितका पक्षमा र भाषा, साहित्य, सस्कृति र रीतिरिवाजलाई जोगाई राख्न हाम्रो प्रयत्न जारी रहने यस अवसरमा हामी प्रतिबद्धता समेत जनाउँदछौं ।

यो एक वर्षमा के गर्यौं ?
यो एक वर्षमा हामीले ३ हजार बढी न्यूज पोष्ट गरेका छौं । एनआरएनए एनसीसी अमेरिका र कोलोराडो च्याप्टरले आयोजना गरेको अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम, ग्लोबल नेपाली फिल्स अवार्ड, टीपीएलए कप भलिवल प्रतियोगिता जस्ता ठूला कार्यक्रमको अफिसियल मिडियाको रुपमा प्रचार प्रसारको काममा साथसहयोग गर्न पायौं ।

त्यसैगरी कोलोराडो क्षेत्रमा भएका नेपाली भाषा पाठशाला, नेपाली महिलाहरुको तीज विशेष कार्यक्रम, नेपाल परेड, इन्द्रजात्रा, गुरुङ, मगर, तामाङ, शेर्पा जाति विशेषका विभिन्न चाडपर्वहरु, नेपाली घरको सहयोगार्थ खेलिएको देउसी भैलो, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का गतिविधिहरु, एनआरएनएका गतिविधि, विभिन्न जात्रा, पर्व, अन्तरक्रिया र सम्मान कार्यक्रमहरु समाचारलाई प्राथमिकता साथ प्रकाशन गर्ने मौका पायौं ।

विशेष गरी यसक्षेत्रमा भए गरेका कार्यक्रमहरु कोलोराडोखबर डटकममा पनि आउनु पर्यो भने तपाईंहरु आम शुभचिन्तकहरुले गर्नु भएको सम्झना र माया नै हामीले हाम्रो उपलब्धी मानेका छौं ।

र अन्त्यमा….
जसरी यो एक वर्षमा तपाईंहरुले कोलोराडोखबरलाई माया र सद्भाव दिनु भयो, यो क्रम आगामी वर्षहरुमा पनि पाइरहने छौं भन्नेमा आशावादी छौं । कोलोराडोखबरलाई माया गर्नु हुने सबै सबै प्रति आभारी छौं । धेरै कुरा भन्नु भन्दा पनि गरेरै देखाउनु पर्छ भन्ने हाम्रो मान्यता छ । पक्कै पनि आगामी दिनमा कोलोराडोखबरलाई थप परिस्कृत गर्दै जानेछौं । पक्कै पनि एउटा मिडिया सञ्चालन र त्यसलाई निरन्तरता दिनु गाह्रै काम हो, तर पनि हामी निरन्तर अघि बढिरहने प्रण गर्न चाहान्छौं ।

फेरि पनि कोलोराडोसहित अमेरिकाको विभिन्न स्थानमा रहनु भएका तथा विश्वका अरु देशहरु र नेपालमा रहनु भएका हामीलाई साथ सहयोग गर्नु हुने सबै सबैमा विशेष सम्मान । नेपाल र नेपालीको जय होस्, नेपाली भाषा, संस्कृति र रीतिरिवाजको जय होस् ।

अन्त्यमा हामी जहाँ जहाँ छौं, जो जो जुन जुन भूमिमा उभिएका छौं सबैको जय होस् ।

प्रतिक्रिया दिनुहोस्