अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को नवौं अधिवेशन तथा १८औं साधारणसभा अमेरिकाको लस भेगसमा हुने भएको छ ।
जनवरी २५ तारिखमा बसेको नेजाको कार्यसमिति बैठकले नवौं अधिवेशन तथा १८औं साधारणसभा मे महिनाको १० र ११ तारिखमा गर्ने निर्णय गरेको हो ।
अधिवेशनले आगामी दुई वर्षीय कार्यकाल (२०२५ –२०२७) का लागि नयाँ कार्यसमितिसमेत चयन गर्ने छ।
उक्त अधिवेशन तथा साधारणसभा सम्पन्न गर्नका लागि नेजा पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी संयोजक र नेजा कार्यसमितिका सदस्यद्वय ईश्वरी न्यौपाने र हेमराज बराल सदस्य रहने गरी व्यवस्थापन समितसमेत गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्