२० माघ २०८१, आईतवार

अमेरिकामा भएको जहाज दुर्घटनामा ६४ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , January 31st, 2025

अमेरिका । अमेरिकाको वासिंटन डीसीमा भएको जहाज दुर्घटनामा सबै ६४ जनाको मृत्यु भएको छ । अमेरिकन एयरलाइन्सको जहाज रेगन नेसनल एयरपोर्ट नजिक सैन्य हेलिकप्टरसँग ठोक्किएको थियो ।

दुर्घटनापछि पोटोम्याक नदीमा खसेको जहाजबाट ६० यात्रु र ४ चालक दलका सदस्यसहित ६४ जनाकै शव बरामद भएको जनाइएको छ । दुर्घटनापछि पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अनुसन्धान गर्न निर्देशन दिएका छन्। ट्रम्पले जहाजसँग ठोक्किएको सैन्य हेलिकोप्टर गलत समयमा गलत ठाउँमा उडिरहेको समेत बताएको बीबीसीले जनाएको छ ।

साथै यो दुर्घटनामा बाइडेन सरकारको डीईआई कार्यक्रम अर्थात् डाइभर्सिटी, इक्वीटी र इन्क्लुजन जिम्मेवार रहेको ट्रम्पको दाबी छ । बाइडेन प्रशासनले एयर ट्राफिक कन्ट्रोलरका रुपमा अपांगता भएका र मानसिक रूपमा समस्याग्रस्त व्यक्तिलाई भर्ती गर्दा यस्तो भएको आरोप आरोप लगाएका छन्। साथै ओबामा प्रशासनले समेत औसत मानिसलाई एयर ट्राफिक कन्ट्रोलमा भर्ती गरेको ट्रम्पको आरोप छ ।

बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि दुई भाग भई पोटोम्याक नदीमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्