७ बैशाख २०८२, आईतवार

२०८० सालको नइ बाल पुरस्कार घोषणा

कोलोराडोखबर संवाददाता , January 31st, 2025

नेपाल । नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने तीन वर्षदेखि १५ वर्ष सम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

‘नइ बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ प्रतिष्ठा केसी, चित्रकलातर्फ श्रीया गुरुङ, सङ्गीततर्फ सानवी यादव, नृत्यतर्फ अनिका महर्जन, खेलकुदतर्फ सुप्रिया ऐर हुनुहुन्छ ।

ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन् ।

यसैगरी नइ कोपिला पुरस्कार गायनमा काव्या शिवाकोटी र नृत्यमा सुधा तामाङलाई समर्पण गर्ने निर्णय भएको छ । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन् ।

ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको नइ चिचिला पुरस्कार तीन वर्षकी मानशी भण्डारीलाई समर्पण गरिनेछ। नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्