नेपाल । स्थायी बसोबासका लागि भन्दै एक वर्षको अवधि (सन् २०२४) मा ६६ हजार ८३५ जना नेपालीले देश छाडेका छन् ।
अध्यागमन विभागको तथ्यांक अनुसार जसमा ३२ हजार २८७ महिला र ३४ हजार ५४४ जना पुरुष छन् । एक वर्षको अवधिमा कुल १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका छन् ।
जसमध्ये अस्थायी बसोबासको प्रयोजनका लागि विदेशिने नागरिकको संख्या १ लाख ८२७ रहेको छ । सबैभन्दा धेरै संख्या भने कामको खोजीमा विदेशिनेको रहेको छ ।
सन् २०२३ मा ७० हजार ९१५ जनाले स्थायी बसोबासका लागि नेपाल छाडेका थिए । अस्थायी बसोबासका लागि भने गत वर्ष ९२ हजार ३४९ जनाले देश छाडेको विभागले जनाएको छ ।
विभागका अनुसार एक वर्षमा नेपालबाट कामको खोजीमा ८ लाख ५६ हजार ४२२ नेपाली विदेशिएका छन् । जसमा ९६ हजार १९७ महिला र ७ लाख ६९ हजार ८९० पुरुष छन् ।
अध्ययनमा १ लाख १९ हजार ४०९ जना विदेशिएका छन् । स्वास्थ्य उपचारमा १८ हजार ७१३ जना नेपाली बिदेसिएको विभागको तथ्यांकमा उल्लेख छ । यूएन मिसनमा ५ हजार ८४७ जना बिदेसिएको देखिन्छ । खेलकुदजन्य गतिविधिका लागि २ हजार बढी विदेश गएका थिए ।
प्रतिक्रिया दिनुहोस्