१७ माघ २०८१, बिहीबार

वरिष्ठ पत्रकार किशोर नेपाल पुरस्कृत

कोलोराडोखबर संवाददाता , January 29th, 2025

नेपाल । नोना कोइराला स्मृति प्रतिष्ठानको १७ औँ स्थापना दिवसका अवसरमा वरिष्ठ पत्रकार किशोर नेपाललाई पुरस्कृत गरिएको छ ।

प्रतिष्ठानका संरक्षक तथा सांसद डा. शेखर कोइरालाले पत्रकार नेपाललाई नगद २५ हजारसहित सम्मान गर्नुभएको हो । स्वर्गीय नोना कोइरालाको स्मृति दिवसका अवसरमा प्रत्येक वर्ष माघ १४ गते एक पत्रकारलाई पुरस्कृत गर्ने गरिएको छ ।

कार्यक्रममा बोल्दै डा। कोइरालाले बिपी, गणेशमान, सुवर्णशमशेर, किसुनजीहरूले स्थापना गर्नुभएको पार्टी उहाँहरूले दिएको सिद्धान्त र नीतिबाट चुकिरहेको बताउनुभयो ।

वरिष्ठ पत्रकार नेपालले पत्रकारले जनता र समाजको आकाङ्क्षा पूरा गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारलाई सिर्जनात्मक र आलोचनात्मक बन्न सुझाव दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष पुनम कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ चिकित्सक डा। सञ्जीव शर्मा, वसन्त भट्टराई, ज्योति आचार्यलगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्