अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनको तयारीमा जुटेको छ ।
यसैक्रममा राष्ट्रिय समन्वय परिषद् (एनसीसीहरु) ले सदस्यता वितरणमा सुरु गरेका छन् । एनआरएनए आईसीसीका महासचिव गौरीराज जोशीले सदस्यता खुला गरिएको जानकारी गराएका हुन् ।
एनआरएनएको १२औँ महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ सम्म काठमाडौंमा गर्ने तय भएको छ ।
जनवरी १९ मा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार जुलाई महिनामा एनसीसीहरुलाई राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसक्न परिपत्र गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्