नेपाल । रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस जिल्ला अदालत रुपन्देहीमा शुक्रबार पनि जारी रह्यो । बहस नसकिएपछि न्यायाधीशले आइतबार पुनः उपस्थित हुने गरी लामिछानेलाई छोडेका छन् ।
शुक्रबार जाहेरीकर्ताको तर्फबाट तीनजना र प्रतिवादीको तर्फबाट तीन वकिलले बहस गरे । जाहेरीकर्ताका तर्फबाट सुरेन्द्र भण्डारी, आरसी गौतम र शैलेन्द्र कुमार यादवले बहस गर्दै लामिछानेलाई थुनामा पठाउन माग गरेका थिए ।
प्रतिवादी तर्फबाट सुशील पन्त, सुरेन्द्र थापासहितका वकिलले लामिछानेलाई साधारण तारेखमा छोड्नुपर्नेमा जोड दिएका थिए ।
जाहेरवालाका तर्फबाटआरसी गौतमले रकम अपचलनमा प्रत्यक्ष संलग्नता देखिएको भन्दै रवि लामिछानेलाई थुनामै राख्नुपर्ने माग गरे ।
प्रतिक्रिया दिनुहोस्