१४ माघ २०८१, सोमबार

नेपाली बजारमा सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार

कोलोराडोखबर संवाददाता , January 25th, 2025

नेपाल । नेपाली बजारमा सुनचाँदीको मूल्य थपघट भइरहेको छ । यसैक्रममा शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलाको १ हजारले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । शुक्रबार चाँदी प्रतितोला १८८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्