११ माघ २०८१, शुक्रबार

भारत महाराष्ट्रको जलगाउँमा भएको रेल दुर्घटनामा ७ नेपालीको मृत्यु

कोलोराडोखबर संवाददाता , January 24th, 2025

नेपाल । भारत महाराष्ट्रको जलगाउँ पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली रहेका छन् ।

तीमध्ये ४ जना अछामका र एक जना कैलालीका छन् भने दुई जनाको ठेगाना नखुलेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

मृत्यु हुनेमध्ये अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामी छन् ।

यस्तै कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी छिन् । यस्तै, डुडुवा, बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन् ।

घाइते हुनेमा अछाम मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियारको उपचार भइरहेको छ ।

महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको खबर फैलिएपछि यात्रु रेलबाट हाम फालेका थिए ।

प्रतिक्रिया दिनुहोस्