-धनराज गिरी-
“पुतली, तिम्रो काम सकियो । ल,जाऊ । हाम्रो मिसन “होम शान्ति” पूर्ण भयो । यो समात !” हातमा एउटा खाम,दामसहितको,राखिदियो प्रोफेसर “विकाश दिव्यकीर्ति आनन्दश्री परमानन्दले !” किन ? कथा रमाइलो छ, राधा अधिकारी, वन्दना,गौरव र तेलभिसाको जस्तै ।
“हस् गुरु बा, हजुरको पवित्र स्नेह र मार्गनिर्देशनले यो टुहुरी आज इज्जतदार अस्तित्व हुन पाएकी छे, म गुरु बाप्रति ताउम्र आभारी रहनेछु !” पुतली परियार, एम फिल, अङ्ग्रेजी साहित्य, प्रोफेसरकी चेली । सात दिन गुरु बाको वरिपरि बसिन् ।
किन ? — आमा ज्वालादेवी शर्मा र पत्नी सुकूनकुमारी सन्तोषी जहिले पनि घरमा हिन्दुस्तान र पाकिस्तान । दन्तबझान ! ललिता पवार र मीना कुमारी ! हैरान भयो प्रोफेसर । जति गरे पनि सम्झाउन सकेन । जसले पनि उही ” हाराकिरीको ” धम्की दिने ! प्रेम विवाह, अति मिलेको जोडी । यता आमा एकल,कोही छैन । अनि योजना बनायो ।
“पुतली, यो नाटक है !” साथ पायो चेलीको ।” आम्मै,आमोई हजुरको छोरो त … तरुनी लिएर शाश्वत धाम !” मन्थरा क,यता सासूसित साखुल्ले,एक माना घिउ उम्काई ।उता मन्थरा ख, “नानी,यो लोग्नेमान्छेको जात,अन्तरघात,भर हुन्न है !” बुहारीतिर ।
अब कथाले नयाँ मोड लियो । तेल लिएर सासूको कोठामा बुहारी हाजिर ! “मुखले पो यसो तितो फ्याकेको त,तेरो माया छैन र ? मेरी छोरी भने पनि बुहारी भने पनि …. ” “आमा !!” अङ्कमाल । मोर्चा नयाँ । ” हा हा हा, हो होम शान्तिको लागि नाटक पनि चाहिन्छ !” प्रोफेसर विमलनारायण जनकपुरे कथाश्री । ” हो गुरुदेव, निर्मल, विमल, कन्चन योजना । अब काम सकियो ।”
परमानन्द । पुतली परियारको विवाह रामचन्द्र श्रीवास्तवसित भयो, जनवादी, प्रेम रिमालको प्रवचन र परमानन्दको गजल,स्थान चित्रसारी,शिव मन्दिर । ” काम सकियो !” शेर खान ।
–चितवन, नेपाल ।
प्रतिक्रिया दिनुहोस्