नेपाल । राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा छलफल गर्न शुक्रबार नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पौने १ बजे शुरु हुने भएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश कमिटीलाई बुधवारभित्र उम्मेदवार सिफारिस गरेर पठाउन निर्देशन दिएको थियो ।
सिफारिस उम्मेदवारबारे छलफल गरेर आजै टिकट दिने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्