२० माघ २०८१, आईतवार

क्यानद्वारा सन्दीप लामिछानेलाई एक खेल प्रतिबन्धको कारबाही

कोलोराडोखबर संवाददाता , January 22nd, 2025

नेपाल । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई एक खेल प्रतिबन्धको कारबाही गरिएको छ ।

हालै सम्पन्न जय ट्रफी क्रिकेट प्रतियोगितामा रेफ्रीको निर्णयमा असन्तुष्टी जनाउनुभएका सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले कुनै पनि घरेलु प्रतियोगितामा एक खेल खेल्न नपाउने गरी कारबाही गरिएको जनाएको छ ।

जय ट्रफीमा बागमतीको कप्तानी गर्नुभएका सन्दीपले रेफ्रीको निर्णयले खेलाडीलाई असर पुगेको भन्दै रेफ्रीको क्षमतामा समेत प्रश्न उठाउनुभएको थियो ।

क्यानले संस्थापक जयनारायण शाहको स्मृतिमा आयोजना गरेको जय ट्रफीमा गत संस्करणको पिएम कप पुरुष क्रिकेटको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब बागमती र मधेश प्रदेशले प्रतिस्पर्धा गरेका थिए । फाइनलमा पुलिसले आर्मी २८ रनले हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्