नेपाल । नेपालको वैदेशिक व्यापारमा सुधार आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा आयातनिर्यातमा सुधार आएको हो ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयात सात प्रतिशत र निर्यात ३१.७८ प्रतिशतले वृद्धि भएको छ ।
साउनदेखि पुससम्म आयात ७.०६ प्रशितले बढेर आठ खर्ब २२ अर्ब ३७ करोड ५४ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा सात खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपैयाँको आयात भएको थियो ।
बजारमा माग बढेसँगै आयातमा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । बजारमा आर्थिक गतिविधि चलायमान हुँदा आयातसमेत बढ्ने गर्छ ।
यस्तै छ महिनामा निर्यात ३१.७८ प्रतिशतले बढेर ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार रुपियाँको भएको छ । गत वर्ष सो अवधिमा ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपैयाँको निर्यात भएको थियो ।
प्रतिक्रिया दिनुहोस्