नेपाल । काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा रवि लामिछानेका पार्टनर पूर्वडिआइजी छविलाल जोशी ५० लाख बैंक ग्यारेण्टी पेश गरेर छुटेका छन् ।
काठमाडौँ जिल्ला अदालतले उनलाई ५० लाख धरौटीमा छाड्न आदेश दिएको र तोकिएको रकम बैंक ग्यारेण्टी कागज बुझाएर सोमबार रिहा गरिएको हो ।
जोशी कास्की जिल्ला अदालतमा परेको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ८८ लाख धरौटी बुझाएर छुटेका थिए ।
सोही प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने कास्कीमा ६५ लाख र काठमाडौँमा ६० लाख बैंक ग्यारेन्टी पेश तिरेर रिहा भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्