८ माघ २०८१, मंगलवार

एनआरएनए युवा सम्मेलनलाई गृह र अर्थमन्त्रीले सम्बोधन गर्ने

कोलोराडोखबर संवाददाता , January 20th, 2025

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सम्बोधन गर्ने भएका छन् ।

आउँदो मार्च १७ देखि १९ सम्म कम्बोडियामा हुन लागेको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनको प्रमुख अतिथिका रुपमा गृहमन्त्री लेखकलाई बोलाइएको संघले जनाएको छ ।

संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधि मण्डलले मन्त्री लेखकलाई भेटेर कम्बोडिया सम्मेलनको निम्तो दिएको हो ।

एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा ग्लोबल युवा सम्मेलनका विषयमा आइतबारको केन्द्रीय समितिको बैठकमा छलफल भएको थियो ।

यस्तै १५ मार्चदेखि थाइल्याण्डको राजधानीको बैंककमा आयोजना गरिएको युवा सम्मेलनलाई अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सम्बोधन गर्ने भएका छन् ।

बैंकक युवा सम्मेलनपछि सोही प्रतिनिधि मण्डल कम्बोडिया प्रस्थान गर्ने तालिका छ । सम्मेलनमा एसिया क्षेत्रमा रहेका गैरआवासीय नेपालीका समस्या तथा मुद्धाहरुमा व्यापक छलफल हुनेछ ।

सम्मेलनमा घका केन्द्रीय पदाधिकारीहरु, नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल सरकारका उच्च सरकारी अधिकारीहरुको सहभागिता रहनेछ।

प्रतिक्रिया दिनुहोस्