अमेरिका । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल शुरु भएको छ । ट्रम्पले जनवरी २० तारिकमा अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा शपथ लिएका हुन् ।
दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले पद तथा गोपनियताको सपथ गराएका छन् । कार्यक्रम वाशिङ्टन डीसीमा रहेको ऐतिहासिक सेन्ट जोन्स गिर्जाघरमा भएको र त्यसपछि विशेष चियापान कार्यक्रम भएको छ ।
ट्रम्पपछि उपराष्ट्रपति जेडी भान्सले पनि शपथ लिनेछन् । औपचारिक शपथ लिने कार्यक्रमका साथै साङ्गीतिक प्रदर्शनी, सेलिब्रिटीको ‘परेड’ र साँझमा औपचारिक ‘बल डान्स’ पनि भएको छ । सपथ ग्रहण समारोहमा सहभागी हुन विश्वका धेरै नेताहरु वासिङ्टन पुगेका थिए ।
ट्रम्पले शपथ ग्रहणकै दिन कडा आप्रवासन नीतिबारे अध्यादेश ल्याउने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्