नेपाल । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापामाथि हातपात गर्ने दुई जना पक्राउ परेका छन् ।
शनिबार दिउँसो शिवसताक्षीस्थित दोमुखा पर्यटकीयस्थलमा सम्पन्न नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर अर्जुनधारास्थित निवास फर्किंदै गर्दा उहाँमाथि पूर्वपश्चिम राजमार्गको सुरुङ्गामा हातपात भएको थियो ।
पूर्वमुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।
ती व्यक्तिहरु नेपाल विद्युत् प्राधिकरणको कर्मचारी भएको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्