५ माघ २०८१, शनिबार

माधव नेपाल एमालेमा फर्कन चाहे पनि एमालेले नस्विकार्ने !

कोलोराडोखबर संवाददाता , January 18th, 2025

नेपाल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपाल एमालेमा फर्कन चाहे पनि एमालेले नस्विकार्ने बताउनु भएको छ ।

माधव नेपालहरू एमालेबाट विभाजित हुँदा प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा स्वागत गर्दै पोखरेलले यस्तो बताउनु भएको हो ।

नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उहाँको भनाइ छ । त्यही दुर्घटनामा माधव नेपाल पनि पर्नुभएको पोखरेलले स्पष्ट पार्नुभयो ।

नेताहरूले गराएको दुर्घटनालाई सच्याउने काम कार्यकर्ताले गर्ने पोखरेलले बताउनुभयो । नेकपा एमाले फुटाएर माधव नेपाल, झलनाथ खनाल लगायतले गराएको दुर्घटना कार्यकर्ताले एमालेलाई साथ दिएर सच्याएका उहाँले धारणा राख्नु भयो ।

प्रतिक्रिया दिनुहोस्