५ माघ २०८१, शनिबार

विद्युतीय कारोबार ऐन विरुद्धको मुद्दा लागेका डा. निकोलस भुसाल ५० हजार धरौटीमा रिहा

कोलोराडोखबर संवाददाता , January 18th, 2025

नेपाल । रास्वपाका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको अभियोग लागेका डा. निकोलस भुसाल ५० हजार धरौटीमा रिहा भएका छन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले निकोलसलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सूर्यदर्शन सहकारी प्रकरणमा रवि हिरासतमा रहेका बेला निकोलसले सुतिरहेको फोटो सार्वजनिक गरेका थिए । सहकारी वकिल कार्यालय कास्कीले निकोलसविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुरमा मुद्दा दर्ता गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्