–मिथिला अधिकारी–
गाउँमा बा,छन् र त अन्न छ डाला भरी
संघर्षका खिल् छन् बा का पैताला भरी ।
धेरै खुसी बटुल्नु छैन मेरा बालाई हेर्नुस
बा को खुसी झुल्छ कोदाका बाला भरी ।
दुखै दुःखमा गुज्रिएको हो बा को उमेर
सुखको पल् आएन उनका पाला भरी ।
बाकै दुस्ख बुझेर म लाग्दैछु परदेश तिर
बाकै आशीर्वाद छ खादा र माला भरी ।
फर्कुँला म तिम्रा खुसीहरु बटुलेर पक्कै
आँसु नझार न आमा यसरी गाला भरी ।
–हेटौंडा, मकवानपुर ।
प्रतिक्रिया दिनुहोस्