–रमेशचन्द्र घिमिरे–
बाक्लो हुस्सु कुहिरो उडिरा´छ फुस् फुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !
“सहरबाट गलबन्दी ल्याइदिएनन् मामाले
यौटा स्वीटर किन्नलाई’नि कन्जुस गरिन् आमाले”
केटाकेटी आपसमा, कुरा गर्छन् खासखुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !
“बाले दे’को जड्यौरी, थोत्रा लुगा हापिन्छ
नयाँ लुगा नपाइन्जेल बरु आगै तापिन्छ”
सल्काइन्छ झिँगल्टा, घसेटा र झ्यासझुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !
“कठ्याङ्ग्रिँदा ठण्डीमा पढ्न मन ला’छैन
आँत कामेर थरर्र बोल्न पनि भा’छैन
माघले फेरि रुवाउने भो कट्यो बल्ल पुस्”
जाडो पनि कति हो, उस्, उस्, उस्
जाडो पनि कति हो, उस्, उस्, उस् !
“सहरबाट गलबन्दी ल्याइदिएनन् मामाले
यौटा स्वीटर किन्नलाई’नि कन्जुस गरिन् आमाले”
केटाकेटी आपसमा, कुरा गर्छन् खासखुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !
“बाले दे’को जड्यौरी, थोत्रा लुगा हापिन्छ
नयाँ लुगा नपाइन्जेल बरु आगै तापिन्छ”
सल्काइन्छ झिँगल्टा, घसेटा र झ्यासझुस्
जाडो पनि कति हो, उस्, उस्, उस् !
“कठ्याङ्ग्रिँदा ठण्डीमा पढ्न मन ला’छैन
आँत कामेर थरर्र बोल्न पनि भा’छैन
माघले फेरि रुवाउने भो कट्यो बल्ल पुस्”
जाडो पनि कति हो, उस्, उस्, उस्
-भोर्लेटार, लमजुङ
प्रतिक्रिया दिनुहोस्